सात केजी बराबरको चाँदीका गहनासहित दुईजना पक्राउ
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १२:५१:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले ७ केजी बराबरको चाँदीका गहनासहित दुईजनालाइ पक्राउ गरेकाे छ । सिरहाकाे लहान नगरपालिका ३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट २ जनालाई भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदी गरगहना सहित आइतबार प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका ९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त होटल एण्ड लज तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गरगहनाहरु फेला पारी पक्राउ गरेको हो ।उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस