नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या २६१ पुग्याे, निको हुनेदर ९८.८ प्रतिशत
- गाउँ सहर संवाददाता
- १३ बैशाख मंगलबार, २०७९ | १५:५४:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना नयाँ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८ जना र एन्टिजन परिक्षण गर्दा २ जना गरि जम्मा १० जना नयाँ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा १८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२६ जनाले कोरोना परिक्षण गरेका थिए भने ८६ हजार १३६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २६१ जना रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस