बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | ०६:४३:०० मा प्रकाशित
सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र निर्वाचन तयारी तथा अनुगमन समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्ने छन् ।
उनले भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।” उनले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिले पार्टी र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेलाई वैशाख १५ भित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
समिति अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन र पार्टी निर्णयविपरीत कदम नचाल्न बागी उम्मेदवारलाई निर्देशन दिएका हुन् ।
उनले तोकिएको मितिभित्र उम्मेदवारी फिर्ता नलिए समितिले जारी गरेको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएका छन् ।
सहयात्रीले भनेका छन्, ‘पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुल्ला वा छदम सहयोग पु¥याउने कार्य गर्ने सबैलाई बागी उम्मेदवारकै स्तरको गल्ती मानी कडा कारबाही गरिनेछ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
प्रतिकृया दिनुहोस