अर्थतन्त्र
घट्याे सुनचाँदीकाे मूल्य, के छ बजार भाउ ?
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | ११:५७:०० मा प्रकाशित
काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । मंगलबार पनि सुनको मूल्य तोलामा ९ सयले घटेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३४० रुपैयाँ मूल्य कायम भएको महासंघले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस