गाउँ सहर
२३ तोला काँचो सुनसहित पाँचलाख रुपैयाँ नगद चाेरी
- गाउँ सहर संवाददाता
- १४ बैशाख बुधबार, २०७९ | १२:३५:०० मा प्रकाशित
काठमाडाैं । बुटवलमा लाखौँ रुपैयाँको सुनचाँदी चोरी भएको छ । बुटवल ६ विपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गरगहना , २३ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।
हिजो राति पसल फोडेर सुनका गरगहना र नगद चोरी भएको प्रहरी प्रवक्ता नवरत्न पौडेलले जनाएका छन् । सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरेर तालाचावी फोडेर चोरी गरिएको छ । चोरी गर्ने व्यक्ति सीसीटीभी फुटेजमा स्पष्ट रुपमा देखिएकोले चोरी योजनाबद्ध नै भएको देखिने प्रहरीले बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
प्रतिकृया दिनुहोस