कुन प्रदेशमा कति मतदाता ?
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | ०७:५७:०० मा प्रकाशित
काठमाडाैं । आगामी वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन्।
निर्वाचन आयोगका अनुसार ३४ लाख १२ हजार ८६८ जना रहेका छन्। जसमध्ये १७ लाख ७ हजार ९४२ महिला र १७ लाख ४ हजार ८९८ जना मतदाता पुरूष रहेका छन्।
सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने कर्णालीको जनसंख्या १० लाख १ हजार २ सय ८२ छ। जसमध्ये ५ लाख ६ हजार १८० पुरूष र ४ लाख ९५ हजार ९९ महिला छन्।
त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।
कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन् ।
स्थानीय निर्वाचनमा यसपटक सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहनेछन्। आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन्।
मधेश प्रदेशको मतदाता ३३ लाख ३१ हजार १७० जना रहेका छन्। जसमध्ये १७ लाख ९७ हजार ९४५ पुरूष र १५ लाख ३३ हजार १५८ महिला छन्। मधेशमा ६७ जना अन्य लिङ्गका मतदाता रहेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस