पर्खालबाट आमाछोरा सँगै हामफाल्दा आमाको निधन, छाेरा घाइते
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १२:४६:०० मा प्रकाशित
काठमाडाैं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ स्थित कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालबाट आमाछोरा हाम्फालेका छन् । गएराति पर्खालबाट हाम्फाल्दा मोरङको सुन्दरहरैचा नगरपालिका–९ घर भएर भक्तपुर बस्दै आएकी ७४ वर्षकी मनमाया तिमल्सिनाको मृत्यु भएको छ ।
पर्खालबाट हाम्फाल्दा मनमायाका छोरा ४९ वर्षीय मातुराम तिमिल्सिना घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । मातुरामको वीर अस्पतालमा उपचार भइरहेको छ । आमाछोरा डिप्रेशनका बिरामी थिए ।
उनीहरुले लेखेर छाडेको सुसाइड नोट घटनास्थलमा भेटिएको छ । नोटमा मानसिक र शारीरिक रुपले अशक्त भएको हुँदा सो निर्णयमा पुगेको उनीहरुले उल्लेख गरेका छन् । मातुरामले एक वर्षअघि पत्नीसँग डिभोर्स गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
प्रतिकृया दिनुहोस