गाउँ सहर
किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- १५ बैशाख बिहीबार, २०७९ | १३:०६:०० मा प्रकाशित
काठमाडाैं । किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । रूकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोट बस्ने २९ वर्षीय तीर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियार छन् ।
उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्यानापातल जंगलमा लगी बलात्कार गरेको सूचनापछि प्रहरीचौकी हुकामबाट खटिएको टोलीले दुवैजनालाई पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस