कला

लघुकथा: आमा

  • गंगा खड्का
  • १७ बैशाख शनिबार, २०७९ | ०५:४०:०० मा प्रकाशित

आमाको मुख हेर्ने दिनमा सडकमा मान्छेको चहलपहल देखेर कमला आँखाभरि आँसु लिएर झ्यालमा बसेकी थिइन् ।

फोनमा बजेको घण्टीले एक्कासि उनको तन्द्रा भङ्ग गर्‍यो ।

"हेलो मामु ! ह्याप्पी मदर्स डे । हजुरलाई यहाँबाट मदर्स डेको अवसरमा के उपहार पठाइदिऊँ ?"

अस्ट्रेलियाबाट ६ वर्षदेखि नफर्किएको छोराको फोन आएपछि कमलाले याचनाको भावमा भनिन्," बाबु ! आमाबाउ नहुँदा छोराछोरी जसरी टुहुरा बन्छन् त्यसरी नै बुढेसकालमा छोराछोरी टाढा हुँदा बाउआमा पनि टुहुरा बन्दा रहेछन् । अब त्यहाँबाट केही पठाइदिनु पर्दैन बरु सक्छौ भने काकाको घरको टोकसोमा राखिदिनुभन्दा मलाई वृद्धाश्रम पठाइदिने व्यवस्था गरिदेऊ न ।"

गाउँ सहर संवाददाता

तपाईँको मत