बिजबजारकाे प्रत्येक महिना भारी छुट सहितको "२० मा बिज" नामक Campaign
- गाउँ सहर संवाददाता
- १७ बैशाख शनिबार, २०७९ | १६:२७:०० मा प्रकाशित
काठमाडाैँ । नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले २०७९ साल वैशाख २० गते देखि प्रत्येक महिनाको २० गते २० मा बिज नामक क्याम्पेन सञ्चालन गर्ने भएको छ ।
यस क्याम्पेनमा सेवाग्राहीहरूले प्रत्येक महिनाको २० गते बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रत्येक महिनाको २० गतेका दिन सामान खरिद गर्ने मध्ये लक्किड्र मार्फत छनोट भएका २० जना भाग्यशाली सेवाग्राहीहरूले विभिन्न २० प्रकारका उपहारहरू (१ उपहार प्रति सेवाग्राही) प्राप्त गर्नेछन् । त्यसै गरी सो क्याम्पेन अन्तर्गत प्रत्येक महिनाको २० गते बेलुका ८ बजे देखि ८ बजेर २० मिनेटसम्म (२० मिनेट) भारी छुट सहितका रहस्यमय सामानहरूको फ्ल्यास सेल पनि सञ्चालन हुनेछ ।
साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ, साथै २०७९ साल वैशाख ३१ सम्म सेवाग्राहीहरूलाई बिजबजारले सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट समेत प्रदान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस