नेप्से परिसूचकमा उच्च गिरावट, ४८.७३ अंकले घट्याे
- गाउँ सहर संवाददाता
- १९ बैशाख सोमबार, २०७९ | १५:४६:०० मा प्रकाशित
काठमाडौँ । सोमबार सेयर बजार नेप्से परिसूचकमा उच्च गिरावट आएको छ ।
सोमबार ४८.७३ अंकले घटेको बजार २३०७.४४ बिन्दुमा आएर रोकिएको छ ।
सोमबार कुल २२८ कम्पनीको कारोबार भएको छ । यस दिन कुल ३१ हजार ४०४ वटा कारोबारबाट ३९ लाख ७८ हजार ७९ कित्ता सेयर किनबेच भएको छ । सोमबार कुल १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर १२५६.८० रुपैयाँ कायम भयो । यस दिन सर्पोट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि बढ्यो ।
सोमबार नेपाल फाइनान्सको मूल्यमा भने नेगेटिभ सर्किट लागेर ४५९ रुपैयाँमा झरेको छ । युनियन हाइड्रोपावरको मूल्य समेत धेरै घटेको छ । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस