इद पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डता थप मजबुत बनाउने - प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- २० बैशाख मंगलबार, २०७९ | ०६:४७:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सबैलाई समान अवसर प्रदान गरेको बताएकी छन् । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद (इद उल फित्र) का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधता नै नेपाली समाजको पहिचान र सामर्थ्य रहिआएको बताएकी हुन् ।
उनले अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई आत्मसात् गरी राष्ट्रिय एकता प्रवर्द्धन गर्नु सबैको साझा कर्तव्य रहेको सन्देशमा बताएकी छन् । इद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु-याएको शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै इदका अवसरमा मान्यजनबाट आशीर्वाद लिने एवं आपसमा खुसी आदानप्रदान गर्ने प्रचलनले मानवीय पक्षलाई प्रतिविम्बित गर्ने चर्चा गर्दै इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धन गर्न टेवा पुग्ने उल्लेख गरेकी छन् ।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले इद पर्वले नेपाली राष्ट्रिय एकता र अखण्डता थप मजबुत बनाउने उल्लेख गरेका छन् । इद (इद उल फित्र) का अवसरमा शुभकामना सन्देश दिँदै उनले इद पर्वले समुदायहरूबीच आपसी सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको बताएका छन् ।
यस अवसरमा शुभकामना सन्देश दिँदै उनले “धर्म, संस्कार र संस्कृतिहरू हाम्रा अमूल्य निधि हुन्, यस्ता अमूल्य निधिको संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो” भनेका छन् । उनले राज्यले पनि यस्ता अमूल्य निधिको संरक्षण, विकास र प्रवर्द्धनको नीति लिएको स्पष्ट पार्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र सम्बर्द्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस