गाउँ सहर

निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सक्ने

काठमाडाैँ । निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ ।

आयोगका अनुसार प्रदेशको १ को मोरङ, मधेस प्रदेशका केही जिल्ला र बागमती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी रहेको जानकारी दिएकाे हाे ।

हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । आयोगले केही स्थानीय तहको भने मतपत्र पुनः छाप्नुपरेको बताएकाे छ ।

निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत