गाउँ सहर

 मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन : प्रद्युमन पोखरेल नियुक्त 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन : प्रद्युमन पोखरेल नियुक्त भएका छन् । 

मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । उनी यस अघि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए र उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ । 

विगत तीन दशक भन्दा धेरै बैंकिङ्गको क्षेत्रमा अनुभव रहेको पोखरेलले नबिल बैंक, मेगा बैंक नेपालमा उच्च स्थानको नेतृत्वमा विभिन्न जिम्मेवारी सम्हालेका थिए ।  २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए । हाल प्रद्युमन पोखरेल डेभलपमेन्ट बैंकरर्स असोसिएसन नेपाल (Development Bankers Association Nepal ) का अध्यक्ष समेत रहेका छन् र नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी समेत भएका थिए ।  

गाउँ सहर संवाददाता

तपाईँको मत