यस्ताे छ राप्रपा वडा अध्यक्षका उम्मेद्वार लावतीकाे चुनावी घाेषणा
- गाउँ सहर संवाददाता
- २१ बैशाख बुधबार, २०७९ | १४:१२:०० मा प्रकाशित
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुम्मायक गाउँपालिका, वडा अध्यक्ष उम्मेद्वार जगतजंग लावतीले वृद्ध भत्ता घरदैलोमा उपलब्ध गराउने, युवाले संचालन गरेको व्यवसायलाई कर छुट दिने घोषणा गरेका छन् ।
‘गाउँ समाजमा आय आर्जन र रोजगार सिर्जनालाई बल दिन, आफू निर्वाचित भएको अवस्थामा, युवाहरुले संचालन गरेको व्यवसायलाई कर छुट दिने व्यवस्था लागू गर्नेछु,’ राप्रपाका कुम्मायक गाउँपालिका, वडा अध्यक्ष १ का उम्मेद्वार जगतजंग लावतीले भने ।
ज्येष्ठ नागरिकका लागि पनि वृद्ध भत्ता सहज रुपमा वितरण गर्ने व्यवस्था मिलाउने उनले उद्घोष गरेका छन् ।
‘हालको व्यवस्था अनुरुप, ज्येष्ठ नागरिक प्रत्येक महिना गाउँपालिका केन्द्रमा आउनु पर्ने बाध्यता छ । यसकारण ज्येष्ठ नागरिकका सुविधाका निम्ति, राज्यद्वारा उपलब्ध वृद्ध भत्ता जनताको घरदैलोमै वितरण गर्ने व्यवस्था मिलाउने छु,’ उनले भने ।
राप्रपाका वडा अध्यक्ष उम्मेद्वार लावती, सुख्खाग्रस्त कुम्मायक क्षेत्रमा तमोर पम्पीङ परियोजनामार्फत पानी उपलब्ध गराउन पन्ध्र वर्ष क्रियाशील रहेका छन् । गाउँ समाजमा लोकप्रिय पूर्व डिएसपी लावती, पापोहाङ लावती सयङका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस