स्वास्थ्य

देशभर कोरोनाका अब २१५ मात्र सक्रिय संक्रमित

काठमाडौँ । देशभर अब कोरोनाभाइरसका सक्रिय संक्रमित २१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

उसका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५३ जना को नमूना परीक्षण गर्दा केवल १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा १७ जना निको भएका छन् । सो अवधिमा खोप लगाउनेको संख्या ८४ हजार ६२१ छ ।

देशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत