वैवाहिक वर्षगाँठको अवसरमा उपहार स्वरुप जीवन बीमा
- गाउँ सहर संवाददाता
- २६ बैशाख सोमबार, २०७९ | १३:०५:०० मा प्रकाशित
भैरहवा । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन वर्षौदेखि रहँदै आएको छ । पहिले उपहार दिँदा घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।
परिवर्तित समयसँगै पछिल्लो समय भने जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने चलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक वर्षगाँठलगायतका शुभ कार्यमा बीमा पोलीसी उपहार दिने चलन बढ्दै गएको हो ।
सोही चलनको अनुसरण गर्दै सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत ज्योतीलाल पौडेलले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा आफ्नो श्रीमतीलाई जीवन बीमा पोलिसी उपहार दिएका छन् । पौडेलले आफ्नो श्रीमती अन्जु पौडेललाई सिटिजनलाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत २५ लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।
बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । जीवन बीमा गर्ने योजना पहिले नै बनाएको र विशेष दिनमा उपहार स्वरुप दिँदा आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुँदा सो उपहार दिएको उनले बताए । अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागि उपायोगी बचत हुने उनले जनाए ।
सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवाका क्षेत्रीय प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल साथै भैरहवा शाखाका कर्मचारी तेज प्रकाश पाण्डे र सुसिल ज्ञवालीको उपस्थिति रहेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस