गाउँ सहर

नव विवाहित श्रीमतिलाई श्रीमानले दिए रु १० लाखको बीमा पोलिसी उपहार

माेरङ्ग । पछिल्लो समय जन्मदिन, विवाह तथा अन्य शुभ कार्यमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

यसै सन्दर्भमा बेलवारी न पा वडा नं ४ निवासी बिबेक राईको वैवाहिक समारोहमा श्रीमती मेनुका राईलाई १० लाख बराबरको बीमा पोलिसी उपहार दिएका छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सिटिजन शुभारम्भ बीमा पोलिसी उपहार प्रदान गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धरान शाखाको सक्रिय एजेन्सी म्यानेजर समेत रहेकी तिर्थ राई र तिलक राईले समाजमा बीमाको सचेतना अभिवृद्धि गर्दै आएकोमा यस्तो शुभ अवसरमा भान्जे बुहारीलाई बीमा उपहार दिन पाएकोमा हषिर्त रहेको बताए ।

उक्त कार्यक्रममा कम्पनीको तर्फबाट धरान शाखा प्रमुख खगेन्द्र तोलाङ, बिजनेस डेभलपमेन्ट अफिसर जमुना चौहान, बिराट्चोक शाखा प्रमुख रितेश गजुरेलको उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत