कुन-कुन अवस्थामा मत बदर हुन्छ ? पानी पर्ने सम्भावना छ, सावधानी जरूरी छ
- गाउँ सहर संवाददाता
- २७ बैशाख मंगलबार, २०७९ | ०९:१७:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले निम्न अवस्थामा मत बदर हुने भन्दै सजग र सुरक्षित हुन भनेकाे छ ।
मत बदर हुने अवस्थाः
मतदाताले मत सङ्केत गर्दा विचार पु-याएर मतदान गर्नुपर्छ अन्यथा मत बदर हुन्छ । मतपत्र बदर हुने अवस्थाः
– सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
– औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत सङ्केत गरिएको,
– मत सङ्केत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
– उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरिएको,
– उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत सङ्केत गरिएको,
– कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको,
– निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत सङ्केत गरिएको,
– मत सङ्केत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
– आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
– मतपेटिका भन्दा बाहिर राखिएको,
– जाली मतपत्र ।
वर्षा हुने भएकाेले त्रिपाल राख्न आयाेगले बताएपनि मत हाल्न जाने भिजेका हुनसक्ने र भित्र हात पुच्छने कपडा नहुँदापनि पानीका छिट्टा पर्ने, मसी लत्पतिने र मत बदर हुने सम्भावनालाई नजरअन्दाज नगराैँ, व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिएकाे छ । २०७४ को स्थानीय तहको निर्वाचनमा ५ लाख ८८ हजार ४ सय १ मत बदर भएको थियो । त्याे समयमा पनि देशका थाेरै स्थानहरूमा वर्षा भएकाे थियाे । सावधानी जरूरी देखिन्छ, सबै जिम्मेवार बनाैँ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस