वातावरण

देशभर आंशिक देखि सामान्य बदली, थाेरै स्थानमा मध्यम वर्षा

काठमाडाैँ । आज २०७९ वैशाख २८ गते (बुधबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश  प्रदेशको केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत