साहित्य कला मन्दिरद्वारा स्रष्टा सम्मान
- गाउँ सहर संवाददाता
- २८ बैशाख बुधबार, २०७९ | ०८:१९:०० मा प्रकाशित
काठमाडाैँ । साहित्य कला मन्दिरको २८औं वार्षिकोत्सवको उपलक्षमा लुनाकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा साहित्य कला र संगीतको क्षेत्रमा विशिष्ठ योगदानकर्ताहरुलाइ सम्मान कार्यक्रमको आयोजना गरिएको छ । साहित्यानुरागी तथा सफल व्यवसायी बसन्त चौधरीको सभापतित्व तथा प्रा.डा. उषा ठाकुरको प्रमुख आतिथ्य एवं प्रा.डा. त्रिरत्न मानन्धर, तेजेश्वर बाबु ग्वंग:, न्हुच्छेबहादुर डंगोल, हरिहर शर्मा, डा.बिष्णुबिभु घिमिरे तथा डा.अस्मिता अर्यालको आतिथ्यतामा कमलपोखरीस्थित अग्रवाल सेवा सदनमा सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए । स्वागत मन्तव्यका क्रममा अध्यक्ष चौधरीले साहित्य कलाको माध्यमबाट जीवनमा विशिष्ट सन्तुष्टि प्राप्त हुने कुरा ब्यक्त गर्दै समाजमा साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने स्रष्टाहरुलाई सम्मान गर्ने मूलभूत उद्देश्य रहेकोले यसले साहित्यिक उन्नयनमा वृद्धि हुने विचार ब्यक्त गर्दै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रम बारे प्रकाश पारेका छन् ।
कार्यक्रमका बीच डा. अस्मिता अर्याल द्वारा लिखित ‘मैले बुझेको दुनियाँ’ नामक निबन्धात्मक कृतिको बिमोचन समेत गरियो । कृतिका बारेमा साहित्य कला मन्दिरका कोषाध्यक्ष मेघा चौधरीले बिमोचित कृति बारे बोल्दै डा. अस्मिता अर्याल पेशाले चिकित्सक भएतापनि साहित्यिक चेतले भरपुर रहनुका साथै मानिसको शरीरसंग संबेदनशील रहने शिल्पी हात मानिसको मस्तिष्क र भावनासंग पनि उत्तिकै कुशलतापूर्वक चलायमान रहेको विचार ब्यक्त गरेकी छन् । यसैगरी आफ्नो कर्मको माध्यमबाट समाज र राष्ट्रप्रति विशेष योगदान दिने साहित्यकार तथा विशिष्ठ व्यक्तित्वहरुलाई माला, खादा तथा दोसल्ला ओढाउंदै सम्मान पत्र प्रदान प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा क्रमशः प्रा.डा. त्रिरत्न मानन्धर इतिहासशिरोमणी बाबुराम आचार्य शोधसम्मान पुरस्कार, तेजेश्वर बाबु ग्वंग: सरस्वतीसम्मान पुरस्कार एवं न्हुच्छेबहादुर डंगोल नारायणगोपाल संगीतसम्मान पुरस्कारबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मानित अतिथिका रुपमा बोल्दै साहित्यकार सर्जक अध्येता प्रा. डा. त्रिरत्न मानन्धरले सर्जकहरु काब्यीक सृजनशिलताका संबाहक हुने भएकोले मनका अत्यन्त सुकिला अनि ब्यवहारमा स्पष्टता हुनुपर्ने कुरामा जोड दिंदै साहित्य सृजना सदैव नविन हुने कुरा बताएका छन् । कार्यक्रममा सर्जक डा. अस्मिता अर्यालले हामीहरु कतिपय सृजनाले बोलेजस्तै अधिकारको नाममा कर्तब्य बिर्सिरहेका त छैनौं ? यो गम्भीर चासो र चिन्ताको विषय भएकोले हाम्रा कतिपय आचरण र ब्यवहारहरु समाजले अनुमोदित गर्नु पर्ने कुरामा जोड दिंदै समाज र साहित्य एकै सिक्काका दुई पाटो हुन् दुबैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माण गर्नमा साहित्यले ठूलो भूमिका खेल्ने कुरा ब्यक्त गरेकी छन् ।
प्रमुख अतिथि प्रा.डा. उषा ठाकुरले कला साहित्य समाजको निर्देशक ऐना भएकोले यसको प्रयोगलाई हलुका रुपमा बुझ्न नहुने कुरा बताउंदै समाज अनि राष्ट्रलाई स्पष्ट दृष्टिकोण दिँदै साहित्यिक गतिविधिमा संलग्न सर्जकहरुलाइ गरिने यस्ता सम्मान कार्यक्रमले समग्रमा सर्जकहरुलाइ प्रोत्साहन र प्रेरणा प्रदान गर्नुका साथै साहित्य कलालाइ सामान्यतः कठोर साधनाको आवश्यक पर्ने कुरामा जोड दिइएको थियो । डा. बिष्णुबिभु धिमिरेद्वारा संचालन गरिएको उक्त कार्यक्रममा साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले उपस्थित सबैलाई धन्यवादज्ञापन गर्दै समय समयमा यस्ता कार्यक्रमको आयोजनाले साहित्य उत्थानमा सहयोग पुग्ने विचार ब्यक्त गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस