केहि ठाउँमा झडप र हवाई फायर, स्थानीय निर्वाचन २०७९ (फाेटाे कथा)
- गाउँ सहर संवाददाता
- ३० बैशाख शुक्रबार, २०७९ | १०:०८:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय तहको निर्वाचन बिहान ७ बजेदेखि सुरु भएकाे छ । अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । मतदाताहरू बिहानैदेखि लाइनमा बसेका छन् ।
आज हुने निर्वाचनमा कूल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र नभए अन्य सरकारी कागजातले पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचनमा पुरुष मतदाता ८९ लाख ९२ हजार १० जना र महिला मतदाता ८७ लाख ४१ हजार ५३० जना रहेका छन् ।
दोलखाको वैत्येश्वर गाउँपालिका-३ स्थित कालीढुंगा मावि मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले १ राउन्ड हवाई फायर गरेको छ । अहिले नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएर पुनः मतदान सुरु गर्ने तयारी थालिएको छ । वैत्येश्वर गाउँपालिकाका वडा नम्बर १ र २ मा पनि अवस्था तनावपूर्ण छ । यस्तै बाजुराको बुढीगङगा नगरपालिका-५ स्थित भानोदय मावि मतदान केन्द्रमा झडप भएर मतदान तत्काललाई स्थगित गरिएकाे छ ।
देशभरका तस्बिरहरूः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस