गाउँ सहर

‘म जित्नेमा एकदम आशावादी छु’ - सिर्जना सिंह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरकी पदकी उम्मेदवार सिर्जना सिंहले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन् ।

काठमाडौँको विभिन्न मतदान केन्द्र अवलोकनका गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले काठमाडौँलाई महाघरको रुपमा सफा, सुन्दर र सुशासनयुक्त बनाउने बताइन् ।

‘म जित्नेमा एकदम आशावादी छु । मेरो काठमाडौं महानगर बनाउने संकल्प छ ।’ उनले भनिन् ।

शिक्षा, स्वास्थ्य, ट्राफिक व्यवस्थापन, सरसफाइजस्ता विषयलाई आफूले प्राथमिकता दिने सिर्जनाले बताइन् । ‘मेरो जित भनेको सबै महिलाहरुको पनि जित हो’ सिर्जनाले भनिन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत