राजनीति

`बैशाख ३०´ ले छाडेका प्रश्नहरु ! - महामन्त्री शर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचन पश्चात राति सामाजिक सञ्जालमार्फत बैशाख ३० ले छाडेका प्रश्नहरू साझा गरेका छन् ।

उनले भनेका छन्-

`बैशाख ३०´ ले छाडेका प्रश्नहरु !

लोकतन्त्र बलियो बनाउने पाटोका अलावा आत्मसमिक्षाको थुप्रै प्रश्न `बैशाख ३०´ ले छाडेर गएको छ l तालमेल प्रक्रियाको बेमेल, टिकट वितरणको बेथिति, केही स्थानका अस्वस्थ गतिविधि आदि l हेक्का राखौं लोकतन्त्रको आत्मा निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ !

लोकतन्त्रको `भौतिक वर्तमान´ निर्वाचन हुनुसँग सम्बन्धित हुन्छ भने `लोकतन्त्रको आत्मा र भविस्य ´ निर्वाचनको संस्कृतिसँग गाँसिएको हुन्छ ! तत्कालीन परिणामको आत्मसन्तोष लिइरहंदा दीर्घकालीन भविस्यको आत्मचिन्तन तर्फ गम्भीरता जरुरी छ ! हामी गहन ढंगले यसमा प्रवेश गर्नेछौं !

गाउँ सहर संवाददाता

तपाईँको मत