राजनीति

समग्र देशमा निर्वाचन सहभागिता किन घट्यो, काठमाडौँमा ५२ प्रतिशत मात्रै मत खस्नुको सन्देश के हो ?

काठमाडाैँ । निर्वाचन आयोगले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले मात्रै स्थानीय तह निर्वाचनमा मतदान गरेको जनाएको छ ।

वि.सं. २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए । तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो ।

आयोगले काठमाडाैँ महानगरपालिकामा प्रारम्भिक अनुमानमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ । यसै विषयलाई लिएर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सन्ताेषजनक नभएकाे बताए ।

तीन लाख मतदाता रहेको महानगरमा पाँच वर्षअघि भएको निर्वाचन भन्दा करिब २१,००० नयाँ मतदाता थपिएका छन् । विसं २०७४ सालमा भएको अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडाैँ महानगरमा २,७९,३०९ जना योग्य मतदाता थिए । उक्त निर्वाचनमा कुल मतदाताको ७० प्रतिशत मत मात्रै महानगरमा खसेको थियो । खसेको मत मध्ये पनि १५ प्रतिशत मत बदर भएको थियो ।

यसरी मतप्रतिकाे आकर्षण घट्नुमा स्थानीयनुसारकाे सम्भावनालाई उम्मेदवारले नजरअन्दाज गरेकाे, सत्तालिप्सा भएकाे, उद्याेग र उत्पादनमा ध्यान नदिएकाे राजनीतिक पण्डितहरूकाे जिकीर छ । जसले गर्दा विदेशिनेकाे संख्या बढेकाे, बसेकाे स्थानबाट मत हाल्न नपाउनु, याेग्य उम्मेदवार दलहरूले नउठाउनु, उनीहरूकाे भनाइ छ । उनीहरू भन्छन् - यदि यस्तै अवस्था हुने हाे भने आगामी दिनहरूमा याे संख्या निक्कै घट्ने छ ।

यसपालिको चुनावमा निर्वाचनको अघिल्लो दिनसम्ममा १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मत खसाल्न पाउने योग्य मतदाता थिए ।

गाउँ सहर डेस्क

तपाईँको मत