गाउँ सहर

काठमाडौँमा वालेन्द्र कै अग्रता, भरतपुरमा रेनु, अरु महानगरको अवस्था के छ ?

काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) कै अग्रता कायम छ । उनले अहिलेसम्ममा ३ हजार ११० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दिहरु झण्डै आधा कममा छन् ।

यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । उनले १ हजार १२१ मत ल्याउँदा निकटतम प्रतिद्वन्दि एमालेका कृष्णबहादुर थापले १ हजार ४० मत प्राप्त गरेका छन् ।

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल अगाडि छन् । उनले १ हजार ८६७ मत ल्याउँदा एमालेका विजय सुवेदीले १ हजार ८१४ ल्याएका छन् ।

यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ८७७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत ल्याएका छन् ।

यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले १ हजार ८१० मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ७४७ मत ल्याएका छन् ।

उता विराटनगरमा कांग्रेसका नागेशले लिड गरेका छन् । नागेश कोइरालाले २ हजार ७३९ मत ल्याउँदा एमालेका सागरकुमार थापाले १ हजार ९९० मत ल्याएका छन् ।

अहिलेसम्म २८ स्थानीय तहको मतपरिणाम आइसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत