भारतीय प्रधानमन्त्री माेदी लुम्बिनीमा, विभिन्न कार्यक्रममा सहभागी हुँदै, ४ बजे भारत फर्कने
- गाउँ सहर संवाददाता
- २ जेठ सोमबार, २०७९ | १३:०८:०० मा प्रकाशित
लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी लुम्बिनी आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन् ।
आज २५६६ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको विशेष अवसर पारेर प्रधानमन्त्री मोदी लुम्बिनी आइपुगेका हुन् ।
मोदीसहितको प्रतिनिधि मण्डललाई लुम्बिनीमा भव्य स्वागत गरिएको छ । लुम्बिनीमा रहँदा प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यसैगरी, विशेष कार्यक्रममा दुवै देशका प्रधानमन्त्री देउवा र मोदीले विशेष सम्बोधन गर्नेछन् ।
भ्रमणमा प्रधानमन्त्री मोदीसहित भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनय मोहन क्वात्रा, स्पेसल प्रोटेक्सन फोर्सका डाइरेक्टर अरुन कुमार सिंह, सहसचिवहरु अरिन्दम बाक्ची, रुद्र गौरव श्रेष्ठ, अनुराग श्रीवास्तव, नेपालस्थित भारतीय दुतावासका नाम्ग्यल सि खम्पा, स्पेसल ड्युटी अफिसर हिरेन जोशी, प्रधानमन्त्रीका निजी सचिव विवेक कुमार र प्रधानमन्त्रीका डाइरेक्टर अभिषेक शुक्ल छन् ।
प्रधानमन्त्री मोदी विभिन्न कार्यक्रमसहित छ घण्टा लुम्बिनीमा रहेर आजै अपरान्ह ४ बजे भारत फर्कने कार्यक्रम रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस