राजनीति

नेपाली कांग्रेसले १०८ स्थानमा अध्यक्ष/प्रमुख जीत, २०७ स्थानमा अग्रता; उपाध्यक्ष/उपप्रमुखमा पनि उसकै दबदबा

काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १०८ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने २०७ स्थानमा अग्रता लिएकाे छ ।

एमालेले ६३ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १२१ स्थानमा अग्रता लिएकाे छ । माओवादी केन्द्रले ५१ स्थानमा जितेकाे र ६५ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ४ स्थानमा जितेकाे र १८ स्थानमा अग्रता लिइरहेकाे छ ।

यसरी नै अन्य दलले ७ स्थानमा विजय हासील गरेकाे छ भने २१ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २ स्थानमा जितेकाे छ भने २७ स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १०४ ठाउँमा जीत र १७६ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ६४ ठाउँमा जीत र १४५ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ४७ स्थानमा जीत र ८५ स्थानमा अग्रता लिइरहेकाे छ । अन्यले ४ जीत र १४ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ९ स्थानमा जीत र १६ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ३ स्थानमा जीत र २६ स्थानमा अग्रतामा छ । अन्यले ४ जीत र १४ स्थानमा अग्रता लिएकाे छ । उता लाेसपाले ९ स्थानमा अग्रता मात्रै लिएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत