नेपाल- भारत अरुण ४ जल विद्युत सहमति योजना सकारात्मक र स्वागतयोग्य : डा. लाेहनी
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | ११:४५:०० मा प्रकाशित
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष तथा अर्थमन्त्री डा. प्रकाशचन्द्र लाेहनीले बुद्ध पुर्णिमाको पवित्र दिन लुम्बिनी मा नेपाल-भारतबीच अरुण ४ जल विद्धयुत योजना बारे सहमति हुनु सकारात्मक र स्वागतयाेग्य भएकाे बताएका छन् ।
सामाजिक सञ्जालमा उनले साे कुरा सकारात्मक र स्वागतयाेग्य भएकाे बताएका हुन् ।
उनले नेपाल-भारत संयुक्त स्वामित्वमा नयाँ जल विद्युत कम्पनी खाेल्ने, यसले उत्पादन गरेको बिजुली नेपालको माग पुरा गरेर बाँकी भारत लगायत बंगलादेशसम्म निर्यात गर्न पाउने, नेपालले उत्पादित बिजुली को २१ प्रतिशत मुफ्तमा पाउने र नेपालले आफ्नो स्वमित्य को २५ प्रतिशत नेपाली जनतालाई बेच्ने बुँदाहरू सकारात्मक र स्वागतयोग्य रहेकाे बताए । उनले साे सहमति मोदिजीको लुम्बिनी भ्रमणमा भएको र राम्रोसंग लागु गर्नु दुवै देशको हितमा हुने बताएका छन् ।
डा. लाेहनीले नेपाल-भारतबीच शान्ति तथा समझदारी समस्या बारे निर्णय लिँदा लुम्बिनीमा भगवान बुद्धको दर्शन गरेर बैठक गरे वातावरण रामो हुने सुझाव दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस