कांग्रेस १३९, एमाले ९१, माके ६७, अन्य ८, एस ४ र जसपाका ३ अध्यक्ष/प्रमुखमा विजयी
- गाउँ सहर संवाददाता
- ३ जेठ मंगलबार, २०७९ | १५:०५:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएका विभिन्न स्थानमा शिर्ष पदमा अहिले नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले १३९ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १७१ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले ९१ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ९७ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ६७ स्थानमा जितेकाे र ५० स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ४ स्थानमा जितेकाे र १५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले ८ स्थानमा विजय हासील गरेकाे छ भने २४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ३ स्थानमा जितेकाे छ भने ३० स्थानमा र लाेसपाले ११ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १४० ठाउँमा जीत र १४२ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले ९१ ठाउँमा जीत र १२९ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ६३ स्थानमा जीत र ६७ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ५ जीत र १५ अग्रता लिएका छन् । एकीकृत समाजवादीले ९ स्थानमा जीत र १३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ४ स्थानमा जीत र २४ स्थानमा अग्रतामा छ । उता लाेसपाले १० स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस