स्वास्थ्य

थप १९ जनामा काेराेना संक्रमण

काठमाडाैँ । नेपालमा पछिल्लाे समय काेराेना प्रभाव अत्यन्तै कम देखिएकाे छ । पछिल्लाे २४ घण्टामा थप १९ जनामा संक्रमण देखिएकाे छ भने ८ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साे अवधिमा ४ हजार १९७ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

अहिलेसम्म काेराेनाबाट ११ हजार ९५२ जनाकाे मृत्यु भएकाे छ ।

हाल देशभर १४९ जना सक्रिय संक्रमित रहेकाे मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत