महानगर अपडेटः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अगाडि
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ०८:३०:०० मा प्रकाशित
काठमाडौँ । स्थानीय निर्वाचनअन्तर्गत बहुचर्चित महानगरमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा १५ हजार ७७५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।
यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले १२ हजार ९४५ मत ल्याएका छन् ।
भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच प्रतिश्पर्धा छ । रेनुले ९ हजार ५४२ मत ल्याउँदा एमालेका विजय सुवेदीले ८ हजार ८७ ल्याएका छन् ।
यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले ११ हजार ९२० मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ५ हजार ५७० मत ल्याएका छन् ।
यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले ९ हजार ७६८ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ४ हजार २८६ मत ल्याएका छन् ।
उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले ११ हजार ६९९ मत ल्याउँदा एमालेका सागरकुमार थापाले ८ हजार ६५० मत ल्याएका छन् ।
याे समाचार तयार पार्दासम्म कांग्रेसले १९१ स्थानीय तहको अध्यक्ष/प्रमुख जितेर पहिलाे नम्बरमा छ । उपाध्यक्ष/उपमेयरमा पनि उसकै वर्चश्व छ, १८६ स्थानमा जितेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस