कांग्रेसले नघायाे २ सय, एमाले निक्कै तल, माके तेस्राे, अन्य पाँचाैँ, एस छैटाैँ र जसपा साताैँ रेङ्कमा
- गाउँ सहर संवाददाता
- ४ जेठ बुधबार, २०७९ | ११:०७:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २०१ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने १२१ स्थानमा अग्रता लिएकाे छ ।
एमालेले १२५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ७१ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले ८५ स्थानमा जितेकाे र ३० स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले ७ स्थानमा जितेकाे र १४ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले १४ स्थानमा विजय हासिल गरेकाे छ भने १४ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले ५ स्थानमा जितेकाे छ भने २८ स्थानमा र लाेसपाले १० स्थानमा अग्रता लिएकाे छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले १९२ ठाउँमा जीत र ९८ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १२४ ठाउँमा जीत र १११ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ९३ स्थानमा जीत र ३४ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले ६ जीत र ८ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १४ स्थानमा जीत र ८ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा ६ स्थानमा जीत र २३ स्थानमा अग्रतामा छ । उता लाेसपाले ११ स्थानमा अग्रता मात्रै लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस