राजनीति

अर्जुनधारा वडा नं. ३ मा कांग्रेसका सिताराम भट्टराई विजयी

झापा । स्थानीय निर्वाचनअन्तर्गत झापा अर्जुनधारा नगरपालिका वडा नं ३ वडाध्यक्षमा नेपाली कांग्रेसका सिताराम भट्टराई निर्वाचित भएका छन् । उनले १ हजार ७८४ मत ल्याएर मुख्य प्रतिद्वन्दी एमालेका हरिबहादुर वाग्लेलाई ३०१ मत अन्तरले जितेका हुन् ।

निर्वाचित भट्टराई ०७४ काे स्थानीय निर्वाचनमा निर्वाचित सदस्य हुन् ।

साे वडामा अन्य राप्रपाका तिलकबहादुर रम्तेल र स्वतन्त्रबाट प्रसाद कुमार गुरागाईंले लडेका थिए ।

वडा नं १ र २ मा पनि कांग्रेसका उपेन्द्र बस्नेत र नरेन्द्र कुमार श्रेष्ठले जित हासिल गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत