राजनीति

२६० नजिक नेपाली कांग्रेस, मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा

काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अहिलेसम्म कांग्रेसले २५३ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ६७ स्थानमा अग्रता लिएकाे छ ।

एमालेले १६५ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने ३४ स्थानमा अग्रता लिएकाे छ ।

माओवादी केन्द्रले १०५ स्थानमा जितेकाे र १३ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १२ स्थानमा जितेकाे र ७ स्थानमा अग्रता लिइरहेकाे छ ।

यसरी नै अन्य दलले १९ स्थानमा विजय हासिल गरेकाे छ भने १३ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १६ स्थानमा जितेकाे छ भने १९ स्थानमा र लाेसपाले २ स्थानमा जीत र १० स्थानमा अग्रता लिएका छन् ।

यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २३५ ठाउँमा जीत र ६४ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १७६ ठाउँमा जीत र ५८ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले १११ स्थानमा जीत र १५ स्थानमा अग्रता लिइरहेकाे छ ।

अन्यले १२ जीत र ५ अग्रता लिएका छन् । एकीकृत समाजवादीले १८ स्थानमा जीत र ३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १५ स्थानमा जीत र १४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ३ स्थानमा जीत र ७ स्थानमा अग्रता लिएकाे छ ।

महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि

उता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।

मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २२ हजार ८४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् ।

यसैगरी पोखरामा एकीकृत समाजवादीका धनराज आचार्यले लिड गरेका छन् । आचार्यले २१ हजार ८८० मत ल्याएका छन् ।

भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहालले मतअन्तर बढाएकी छन् । उनले १५ हजार ५१३ मत ल्याउँदा एमालेका विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन् ।

यस्तै ललितपुर महानगरको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जनले १६ हजार ४०९ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ९३७ मत ल्याएका छन् ।

यस्तै वीरगन्ज महानगरमा जसपाका राजेशमान सिंहले १७ हजार २ मत ल्याउँदा एमालेका विजयकुमार सरावगीले ८ हजार ६५७ मत ल्याएका छन् ।

उता विराटनगरमा कांग्रेसका नागेशले लगातार लिड गरेका छन् । नागेश कोइरालाले १९ हजार ६२८ मत ल्याउँदा एमालेका सागरकुमार थापाले १४ हजार ७०९ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत