वैशाखसम्ममा २८३ स्वदेशी र १६८ विदेशी नयाँ उद्योग दर्ता
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०४:४८:०० मा प्रकाशित
काठमाडौँ । मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा ४५१ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २८३ स्वदेशी र १६८ विदेशी नयाँ उद्योग दर्ता भएका हुन् ।
कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै उद्योग दर्ता सङ्ख्या बढ्दै गएको हो ।
उद्योग विभागका अनुसार आव २०७८/७९ को साउनदेखि वैशाखसम्ममा स्वदेशी २८३ उद्योगमा तीन खर्ब ७८ अर्ब ३१ करोड रुपियाँ लगानी हुनेछ भने २५ हजार ६८७ जनाले रोजगारी पाउनेछन् । अघिल्लो वर्ष सो अवधिमा स्वदेशी लगानीमा २१३ उद्योग दर्ता भएका थिए । त्यसका लागि एक खर्ब ५९ अर्ब ३८ करोड चार लाख रुपियाँ लगानी गर्ने ती उद्योगबाट ११ हजार ९७१ जनालाई रोजगारी दिने प्रस्ताव पेस भएको थियो ।
चालू आर्थिक वर्षको पहिलो १० महिनामा सबैभन्दा धेरै उत्पादनमूलक उद्योग १०९ दर्ता भएका छन् । यसैगरी पर्यटन उद्योग ५१, ऊर्जामूलक र सेवामूलकमा ४२, कृषि तथा वन पैदावारमा आधारित २१, सूचना प्रविधिमा आधारित १२, पूर्वाधारमा पाँच र खनिज एक उद्योग दर्ता भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस