३ सयकाे नजिक नेपाली कांग्रेस, वालेन्द्र प्रतिद्वन्दीभन्दा उचाे मतमा हिँड्दै
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | ०७:१९:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ । अर्काेतिर काठमाडाैँका स्वतन्त्र मेयरका उम्मेद्वार वालेन्द्र शाह (वालेन) ले लगातार अग्रता लिइरहेका छन् ।
अहिलेसम्म कांग्रेसले २७७ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ४६ स्थानमा अग्रता लिएकाे छ । एमालेले १७४ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने २४ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १११ स्थानमा जितेकाे र १० स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २३ स्थानमा विजय हासिल गरेकाे छ भने ११ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले १८ स्थानमा जितेकाे छ भने १७ स्थानमा र लाेसपाले ७ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २५२ ठाउँमा जीत र ४७ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले १९६ ठाउँमा जीत र ३६ स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११६ स्थानमा जीत र १० स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १५ जीत र ४ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २० स्थानमा जीत र ३ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा १७ स्थानमा जीत र १४ स्थानमा अग्रतामा छ । उता लाेसपाले ७ स्थानमा जीत र ४ स्थानमा अग्रता लिएकाे छ ।
यता बहुचर्चित महानगरहरूमा क्रमशः वालेन्द्र, धनराज, रेनु, चिरीबाबु, राजेशमान र नागेश नै अहिलेसम्म अगाडि रहेका छन् ।
काठमाडाैँ मेयरमा स्वतन्त्रका वालेन्द्र शाहमा सबैकाे आँखा परेकाे छ । किनकी उनी कुनै पार्टीबाट छुट्टिएर उम्मेदवार भएका हाेइनन् ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) लाैराे कै अग्रता कायम छ । उनले अहिलेसम्ममा २५ हजार ४२७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दीहरु झण्डै आधा बढि कममा छन् । केशव स्थापीतले १३ हजार ४९९ र सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगाेलले १९ हजार ९५६ मत ल्याएकी छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
प्रतिकृया दिनुहोस