नेपाली कांग्रेसकाे लागि ३ सय झनै नजिक, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सबैभन्दा कान्छाे
- गाउँ सहर संवाददाता
- ६ जेठ शुक्रबार, २०७९ | १३:५०:०० मा प्रकाशित
काठमाडौँ । मतगणना सुरु भएदेखि नै विभिन्न स्थानमा शिर्ष पदमा नेपाली कांग्रेस अगाडि देखिएको छ भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कान्छाे स्थानमा रहेकाे छ ।
अहिलेसम्म कांग्रेसले २८९ स्थानमा अध्यक्ष/प्रमुख जितेको छ भने ३७ स्थानमा अग्रता लिएकाे छ । एमालेले १७९ स्थानमा प्रमुख/अध्यक्षमा जीत हासिल गरेको छ भने १८ स्थानमा अग्रता लिएकाे छ ।
माओवादी केन्द्रले १११ स्थानमा जितेकाे र १२ स्थानमा अग्रता लिइरहँदा एकीकृत समाजवादीले १४ स्थानमा जितेकाे र ५ स्थानमा अग्रता लिइरहेकाे छ ।
यसरी नै अन्य दलले २५ स्थानमा विजय हासिल गरेकाे छ भने ८ ठाउँमा अग्रता लिइरहेकाे छ । यस्तै जसपाले २० स्थानमा जितेकाे छ भने १४ स्थानमा र लाेसपाले ७ स्थानमा जीत र ८ स्थानमा अग्रता लिएका छन् ।
यस्तै उपप्रमुख/उपाध्यक्षमा कांग्रेसले २६३ ठाउँमा जीत र ३८ स्थानमा अग्रता लिइरहेकाे छ । एमालेले २०१ ठाउँमा जीत र ३० स्थानमा अग्रता लिइरहेकाे छ । यसरी नै माओवादी केन्द्रले ११९ स्थानमा जीत र ८ स्थानमा अग्रता लिइरहेकाे छ ।
अन्यले १५ जीत र ३ स्थानमा अग्रता लिएका छन् । एकीकृत समाजवादीले २१ स्थानमा जीत र २ स्थानमा अग्रता लिएकाे छ । यसरी नै जसपा २१ स्थानमा जीत र १३ स्थानमा अग्रतामा छ । उता लाेसपाले ७ स्थानमा जीत र ५ स्थानमा अग्रता लिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस