डोटीमा यात्रु बाहक बस दुर्घटना हुँदा १२ जना घाइते, १८ महिने बालक बेपत्ता
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | ०९:५८:०० मा प्रकाशित
दिपायल । दिपायलको डोटीमा यात्रु बाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।
शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका १ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
घाइतेहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । घाइते मध्य ५ जनाको अवस्था गम्भीर भएका कारण उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले जानकारी दिए ।
तीव्र गतिमा रहेको बस चालक निदाए पछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस