कांग्रेस तीन सयभन्दा बढि स्थानमा विजयी भई सबैभन्दा अगाडी, अरू दलले कति जिते ?
- गाउँ सहर संवाददाता
- ७ जेठ शनिबार, २०७९ | १०:१७:०० मा प्रकाशित
काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख-अध्यक्ष निर्वाचित हुने स्थानीय तहको सङ्ख्या तीन सय नाघेको छ । पछिल्लाे मत परिणामअनुसार कांग्रेसका उम्मेदवारहरूले ३०६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा विजय हासिल गरेका छन् । तीन सय बढि स्थानमा विजयीसँगै सबैभन्दा धेरै विजयी भएर धेरै पालिकामा विजयी हुनेमा कांग्रेस पहिलो पार्टी बनेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले २०७४ को स्थानीय चुनावमा जितेको भन्दा यस पटक नेपाली कांग्रेसले बढी स्थानीय तहमा जित हासिल गर्ने अवस्था देखिएको छ । एमालेले अहिलेसम्म नगरप्रमुख तथा गाउँपालिका अध्यक्ष पदमा १८७ उम्मेदवारलाई जिताउन सफल भएको छ । उपप्रमुख तथा उपाध्यक्ष पदमा कांग्रेसका तर्फबाट उम्मेदवारले २८१ स्थानमा जित हासिल गरेका छन् भने एमालेका २१२ जना उम्मेदवार नगर उपप्रमुख तथा गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट ११७ स्थानमा प्रमुख र अध्यक्ष तथा १२१ स्थानमा उपप्रमुख र उपाध्यक्ष पदमा विजयी भएका छन् । चौथो दलका रूपमा जनता समाजवादी पार्टी आएको छ । सो पार्टीले २४ वटा नगरप्रमुख तथा अध्यक्षमा जित हासिल गरेको छ भने २६ स्थानमा उपप्रमुख तथा उपाध्यक्ष पदमा बाजी मारेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले हेटौँडा उपमहानगरपालिका प्रमुखसहित १७ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष पदमा जित हासिल गरेको छ भने उपप्रमुख तथा उपाध्यक्ष पदमा २१ जनालाई जिताउन सफल भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले विशेष गरी मधेस प्रदेशका आफ्नो प्रभाव देखाएको छ । सो पार्टीका तर्फबाट उम्मेदवार भई जित्ने नगरप्रमुख तथा अध्यक्षको सङ्ख्या १० जना पुगेका छ भने उपप्रमुख तथा उपाध्यक्षको सङ्ख्या नाै जना पुगेको छ ।
कतिपय स्थानको मतगणना जारी रहेको छ भने कतिपय स्थानमा राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा निर्वाचन सम्पन्न भएर पनि मतगणनाको कार्य सुचारु हुन सकेको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
प्रतिकृया दिनुहोस