राजनीति

काठमाडाैँमा लाैराेले असिनपसिन पार्याे कांग्रेस-एमालेलाई, निरन्तर वालेन्द्रकाे अग्रता

काठमाडाैँ । काठमाडाैँ महानगरमा लाैराेले कांग्रेस-एमालेलाई असिनपसिन पारेकाे छ । किनकी स्वतन्त्र उम्मेदवार वालेन्द्र शाहकाे निरन्तर अग्रता कायम छ । उनीहरूले याे स्वतन्त्र उम्मेदवारले यतिसम्म गर्छ भन्ने हेक्कासमेत राखेका थिएनन् । एमालेका स्थापितले त उम्मेदवारी मनाेनयन गर्दै घमण्ड प्रदर्शन गर्दै "गेम इज ओभर" सम्म भनेका थिए । आज उही उम्मेदवार एमाले-कांग्रेसकाे लागि घाँडाे बनेकाे छ ।

निरन्तर अग्रता कायम गरेका वालेन्द्रले अहिलेसम्म ३४ हजार १३० मत ल्याउँदा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना श्रेष्ठले स्थापित भेट्न अब ११८ मत रहेकाे छ । पछिल्लाे मतगणनामा श्रेष्ठले राम्राे मत ल्याएकी छन् । चाैथाे लहरमा रहेका राप्रपाका मदनदास श्रेष्ठले १ हजार ७९६ मत ल्याएका छन् ।

उता उपमेयरमा एकछत्र छिन सुनिता डंगाेल, अहिलेसम्म उनले २६ हजार ५७५ मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्दी रामेश्वर श्रेष्ठ जाे एसका हुन्, उनले ८ हजार ५९१ मत प्राप्त गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत