राजनीति

देशभर चर्चा छ त कांग्रेस र वालेन्द्रकै, सुरूवातिबाट अहिलेसम्म निरन्तर अग्रता

काठमाडाैँ । देशभर अहिले चर्चा छ त कांग्रेस र वालेन्द्रकै, उनीहरूले सुरूवातिबाट अहिलेसम्म निरन्तर अग्रता कायम गरेका छन् ।

नेपाली कांग्रेसले अहिलेसम्म ३१२ अध्यक्ष/प्रमुख जितेकाे छ भने २८७ उपाध्यक्ष/उपमेयरमा जितेकाे छ ।

एमालेले क्रमशः १९० र २१८ स्थानमा जीत हासिल गरेकाे छ भने माकेले १२ र १२५ जीत छ । यस्तै जसपाले २८ र २९, अन्यले २८ र २१, एसले १७ र १८ र लाेसपाले १२ र ९ जीत हासिल गरेका छन् ।

उता अर्काेतिरकाे चर्चा छ भने त्याे काठमाडाैँ मेयरकाे छ । मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह निरन्तर अगाडि छन् ।

उनले अहिलेसम्म ३९ हजार ५१५ मत ल्याएर अग्र स्थानमा छन् भने प्रतिद्वन्दी सिर्जना श्रेष्ठले २२ हजार २७० मत ल्याएकाी छन् । एमालेका केशव स्थापित तेस्राे नम्बरमा छन् ।

उपमेयरमा निरन्तर एमालेकी सिर्जना डंगाेलले लिड गरेकी छन् । उनले २६ हजार ५७५ मत प्राप्त गरिसकेकी छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत