गाउँ सहर

स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) ४८ हजारकाे नजिक पुग्दा अरूकाे अवस्था के छ ?

काठमाडाैँ । काठमाडाैँ महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह (वालेन) ले अहिलेसम्म ४७ हजार ७५२ मत ल्याएका छन् । उनका मुख्य प्रतिश्पर्धी कांग्रेसकी सिर्जना श्रेष्ठले २८ हजार ८१५ मत ल्याएकी छन् ।

उता एमालेका केशव स्थापित निरन्तर तल पर्दै गएका छन् । उनले अहिलेसम्म २७ हजार ९७७ मत प्राप्त गरेका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ११३ मत ल्याएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले २ हजार ९९६ मत प्राप्त गरेका छन् । विवेकशीलकी समीक्षा बास्काेटाले ३४४ मत ल्याएकी छन् ।

अर्काेतिर उपप्रमुखमा एमालेकी सुनिता डंगाेल अगाडि छिन् । उनले ४४ हजार ७०५ मत ल्याउँदा उनकी प्रतिद्वन्दी एसका रामेश्वर श्रेष्ठले १५ हजार २८२ मत ल्याएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत