गाउँ सहर

१३४ नगर प्रमुख र १८८ गाउँपालिका अध्यक्ष कांग्रेसकाे पाेल्टामा, अहिलेसम्म कति प्रतिनिधि चुनिए ?

काठमाडौँ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसले ३२२ स्थानमा जित हासिल गरेको छ । उसले १३४ नगर प्रमुख र १८८ गाउँपालिका अध्यक्षमा जित हासिल गरेको हो ।

एमालेले क्रमशः ८० र १२३, माकेले २५ र ९६, एसले ११, अन्यले ३१ र ३२ तर जसपाले २१ अध्यक्षमा मात्र जित हासिल गरेको छ ।

अहिलेसम्म ४६० गाउँपालिकाको परिणाम आइसकेको छ । त्यसैगरी २८१ नगरको परिणाम आइसकेको छ । साेहि संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन भएका छन् ।

यस्तै ६ हजार ६७८ वडाध्यक्ष, ६ हजार ६७६ महिला सदस्य, दलित महिला सदस्य ६ हजार ५५५ र १३ हजार ३५५ सदस्य चुनिसकेको अवस्था छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत