राजनीति

निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै विवेकशीलका अध्यक्ष मिश्रद्वारा राजीनामा

काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि मिश्रले राजीनामा दिएका हुन् ।

निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी आफूले राजीनामा दिएको मिश्रले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत