यी हुन् छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका शिक्षक
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | १५:४७:०० मा प्रकाशित
काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को-अर्डिनेटर पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कलेजका कोर्ष को-अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारी छन्।
यस्तै, कलेजका शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल पनि पक्राउ परेका छन्।
उनीहरूले कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए। पीडित नाबालिकाहरूका अभिभावकले समेत मंगलबार यस विषयमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए।
जाहेरी दर्ता गरी पीडित नाबालिकाहरुको विस्तृत स्वास्थ्य परीक्षण समेत भइसकेको प्रहरीले जनाएको छ। त्यसपछि फरार रहेका अधिकारी र पौडेलको खोजीमा रहेको प्रहरीले उनीहरूलाई पक्राउ गरि कारबाही अघि बढाएको छ।
अधिकारी र पौडेलउपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस