स्वास्थ्य

काेराेनाका नयाँ ५ संक्रमित थपिए

काठमाडाैँ । नेपालमा पछिल्लाे २४ घण्टामा काेराेनाका ५ नयाँ संक्रमित थपिएका छन् । साे अवधिमा कसैकाे पनि मृत्यु भएकाे छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७१७ परीक्षण गरिएकाेमा थप ५ संक्रमित थपिएका हुन् । साे अवधिमा ९ जना डिस्चार्ज भएका छन् ।

साे दिन ४७ हजार ९७९ जनाले खाेप प्राप्त गरेका छन् ।

उसका अनुसार अब सक्रिय संक्रमितकाे संख्या १२८ छ ।

काेराेनाका कारण देशमा ११ हजार ९५२ जनाले ज्यान गुमाइसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत