चुनावअघिका र्यापर वालेन्द्र शाह (वालेन) - बिहीबारबाट काठमाडाैँकाे मेयर
- गाउँ सहर संवाददाता
- ११ जेठ बुधबार, २०७९ | २०:३२:०० मा प्रकाशित
काठमाडौँ । "वालेन्द्र शाह अर्थात वालेन, त्यो र्यापर हो । चुनाव त उनले जित्ने होइन तर कांग्रेस एमालेको भोट काट्छ । चुनाव जित्ने त स्थापित ले नै हो ।" भनिँदैथियो चुनाव अघि काठमाडौँलगायतका सहरमा ।
तर भित्रभित्र मतदाताको मन लौरोमै थियो भन्ने धेरै कमले सोचेका थिए । आज तिनै वालेनले जितको औपचारिकता कुरिरहेका छन् ।
उनले भोट माग्दा कसैको विरोध गरेनन्, कसैले उडाउँदा पनि जवाफ फर्काएनन् । सायद यहि गुण नै उनको जितको द्वार भयाे । कहिल्यै ठूला कुरा गरेनन् । र मतदाता उनले गर्छन भन्नेमा ढुक्क पनि देखिएका छन् ।
काठमाडौँ महानगरमा मत परिणामको अन्तिम परिणाम आउने क्रममा छ । वर्तमान परिणामअनुसार स्वतन्त्र उम्मेद्वार वालेन्द्र शाह (वालेन) ले ५७ हजार ३३७ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना श्रेष्ठले ३६ हजार २६५ मत ल्याएकी छन् । उता एमालेका केशव स्थापितले ३५ हजार ७२७ मत प्राप्त गरेका छन् ।
काठमाडौँ महानगरपालिका काठमाडौँ जिल्लामा पर्दछ । यस महानगरपालिकामा कूल जनसंख्या ८,४५,७६७ रहेको छ भने कुल मतदाता संख्या ३,००,२४२ रहेको छ । जसमा १,४४,३६३ पुरुष र १,५५,८७८ महिला रहेका छन् । यस महानगरपालिकामा ३२ वडा छन् ।
करिब ५२% अर्थात १ लाख ९१ हजार १८६ मत खसेको काठमाडौँमा करिब १ लाख ७७ हजार मत गनिसकिएको अवस्था छ । यसमा बदर मत उल्लेख छैन । यो हिसावले हेर्ने हो भने वालेन्द शाहको जित भइसकेकाे छ ।
अब बाँकी रहेको १३ हजार ५६७ मतपत्र गनिसकेपछिमात्र औपचारिक घोषणा गरिने निर्वाचन कार्यालयले जनाएको छ । बिहीबार १० बजेसम्म परिणाम आउनसक्ने उनीहरूको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस