अर्थतन्त्र

नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० अंकमा राेकियाे

काठमाडाैँ । बिहीबार नेप्से ८.०३ अंकले बढेर २ हजार २३९.६० अंकमा राेकिएकाे छ । बुधबार नेप्से १४.३७ अंकले बढेर दुई हजार २ सय ३१ दशमलव ५७ विन्दुमा बन्द भएको थियो ।

आज शेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । आज ८८ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मेगा बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४७.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५.४७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी मेगा बैंकको भएको छ । यस कम्पनीको आज ५ करोड ४२ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत