२९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | १५:३८:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा चालू आर्थिक वर्ष २०७८/ ७९ को १० महीनामा २९ अर्ब ७० करोड १० लाख ४९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ ।
भन्सार विभागले सर्वजनिक गरेको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुन नेपाल आयात भएको हो । उक्त मूल्यमा ४२ लाख ४८ हजार ५०० केजी सुन नेपालले आयात गरेको विभागको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को सोहि अवधिसम्ममा नेपालले २१ अर्ब ६ करोड ८३ लाख ७८ हजार रुपैयाँको सुन आयात गरेको थियो । उक्त मूल्यमा सो वर्ष ३० लाख १८ हजार केजी सुन नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन आयात ४० प्रतिशतले बढेको देखिन्छ ।
नेपाल भित्रिने सम्पूर्ण सुन युनाइटेड अरब इमिरेट्स (यूएई) र टर्कीबाट आउने गरेको छ । विभागको तथ्याङ्क अनुसार पछिल्लो १० महीनामा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँको सुन नेपाल भित्रिएको छ ।
साथै सोही अवधिमा यूएईबाट २३ अर्ब ७७ करोड २२ लाख ९९ हजार रुपैयाँको सुन नेपाल भित्रिएको भन्सार विभागले बताएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस